गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने
गण्डकी प्रदेशमा नेपाली कांग्रेसको प्रदेशका पदाधिकारीमा उम्मेदवारी दिनेले चर्को शुल्क तिर्नुपर्ने भएको छ । निर्वाचन समितिले उमेदवारको चर्को शुल्क तोकेर उम्मेदवार बन्न चाहनेलाई रोकेको भन्दै नेता कार्यकर्ताले आलोचना समेत गरेका छन् ।
प्रदेशमा सभापति पदमा उम्मेदवारी दिन चाहने ९१ हजार शुल्क बुझाउनुपर्नेछ । काँग्रेसको केन्द्रले सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकेको भएपनि गण्डकीमा भने तेब्बर शुल्क निर्धारण गरिएको छ ।
निर्वाचन कमिटीले उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँस गरेको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख गरेको छ । उपसभापतिका उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारका लागि ३१ हजार शुल्क उल्लेख गरिएको छ ।
यसअघि पर्वतमा पनि कांग्रेसका जिल्ला सभापति र पदाधिकारीले ५१ हजार शुल्क तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण