काँग्रेस प्रदेश १ महामन्त्री र सहमहामन्त्रीमा खोटाङका भूपेन्द्र र वीरकाजीको उम्मेदवारी
नेपाली काँग्रेसको प्रदेश १ को महामन्त्री र सहमहामन्त्रीमा खोटाङका दुई नेताले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश सभापतिका प्रत्यासी उद्धव थापाको प्यानलबाट भूपेन्द्र राईले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, प्रदेश सभापतिका अर्का प्रत्यासी गुरुराज घिमिरेको प्यानलबाट नेता वीरकाजी राईले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् ।
प्रदेश महामन्त्रीका प्रत्यासी राई दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष हुन् । उनले कोभिड–१९ को महामारीका बेला संक्रमितलाई पिठ्युँमा बोकेर अस्पताल पुर्याएर चर्चा कमाएका थिए । महामन्त्रीका प्रत्यासी राईसँगै प्रदेश सदस्यमा हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर विमला राई, शान्तिकला राई र लोकेन्द्र राईले सदस्यमा मनोनयन दर्ता गरेका नेता अमृत गिरीले बताए ।

सहमहामन्त्रीसँगै प्रदेश सदस्यमा सुमनबाबु आचार्य, जितेन्द्रसिंह ठकुरी, गोपाल सैंजू र अञ्जना केसी बस्नेतले उम्मेदवारी दिएको नेता राजकुमार बस्नेतले बताए । प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइराला समूहबाट घिमिरे तथा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट थापा उठेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण