थापा भर्सेस लिङ्देन : राप्रपामा मतदान आज

प्रतिनिधि विवादका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि एक दिन ढिला गरी शनिबार मतदान हुँदैछ । मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुनेछ।
वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । थापा समूहबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान तथा महिला उपाध्यक्षतर्फ रोशन कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्रीमा भाष्कर भद्रा, भुवन पाठक र महिला महामन्त्रीमा कुन्तीकुमारी शाही चुनावी प्रतिस्पर्धामा छन् । लिङ्देन समूहबाट उपाध्यक्षमा विक्रम पाण्डे, रामचन्द्र राय, डिलविकास राजभण्डारी, लीला श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्। महामन्त्रीमा नायिका रेखा थापा, डा. धवलशमशेर राणा, श्याम तिमल्सिनाले उम्मेदवारी दिएका छन्।
पदाधिकारीअन्तर्गत एक महिलासहित चार उपाध्यक्ष पदका लागि आठ जनाको उम्मेदवारी परेको छ। एक महिलासहित तीन महामन्त्रीका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २६६ जनाले मनोनयन दर्ता भएको छ। उम्मेदवारी दर्ताबाट करिब रु ५० लाख सङ्कलन भएको जनाइएको छ । केन्द्रीय सदस्यको निर्वाचन विद्युतीय भोटिङ प्रणाली माध्यमबाट सम्पन्न गरिने बताइएको छ। शनिबार बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचनको कार्यतालिका राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’
-
लक्ष्मी उप्रेतीले श्रीमान्सँग छुट्टिएर तीन सन्तान हुर्काइन्, ४० कृति जन्माइन्