मुलुकमा एमाले नामको अर्को राप्रपा थपियो : पञ्चा सिंह
अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले चितवन महाधिवेशनपछि मुलुकमा एमाले नामको अर्को राप्रपा थपिएको टिप्पणी गरेकी छन् । शनिवार चितवनको भरतपुरमा शुरु भएको प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले यस्तो टिप्पणी गरेकी हुन् ।
अध्यक्ष सिंहले ईश्वर पोखरेल र कमल थापाहरुको स्वर मिल्नु केवल संयोग मात्र नभएको भन्दै चितवन अधिवेशनपछि एमालेमा पञ्चायत प्रेम बढ्दै गएको तर्क गरिन् । केहि दिनअघि एमाले उपाध्यक्ष ईश्वर पोखरेलले ‘राप्रपासँग कतिपय विषयहरुमा सहकार्य गर्न सकिने भनि दिएको अभिव्यक्तिप्रति प्रतिकृया दिँदै सिंहले पोखरेल र थापाहरुको स्वर मिल्नु संयोग मात्र नभएको बताइन् ।
सिंहले मिडिया क्षेत्रलाई आधुनिक गोयबल्सहरुबाट जोगाउन अझै मेहनत गर्नुपर्नेमा जोड दिइन् । उनले राम्रो कामको प्रचार छाडेर कतिपय मिडियाहरूले केपी वलिका उडन्ते र हावादारी समाचारलाई हेडलाइन बनाइरहेको बताउँदै यसले समाजमा नकरात्मकता छरिरहेको बताइन् ।
हिजो जनयुद्धका कठिन दिनहरुमा ज्यानको बाजी थापेर जनताको आवाज बनेका क्रान्तिकारी पत्रकारहरुले अहिले गम्भिर हुने बेला आएको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण