जीवनमन्त्र : साथी वा जीवनसाथीको इच्छा पूरा गर्ने कोसिस पक्कै गर्नुहोस्
महाभारतमा वनवासका बेला एकपटक द्रोपदीले भीमसँग एउटा अचम्मको कलमको फूल मागिन् । द्रौपदीले उक्त फूललाई एउटा तालमा तैरिरहेको देखेकी थिइन् । भीमले उक्त कमलको फूलबारे पत्ता लगाए । कैलाश पर्वतमा कुबेरको पोखरीमा त्यो फूल पाइने गर्दथ्यो ।
भीमले कुबेरलाई तालबाट द्रौपदीलाई त्यो फूल ल्याएर दिए । यसका लागि युद्ध पनि भयो । तर भीमले द्रौपदीको त्यो इच्छा पूरा गरे ।
यस्तै, अर्को घटना रामायणको पनि छ । पंचवटीमा सुनौलो मृग देखेर सीताले रामलाई आफूलाई त्यो हरिण चाहिएको बताएकी थिइन् । राम त्यो हरिणको पिछा लागे । यद्यपि, त्यो हरिण थिएन, हरिणको रुपमा मरिच नामको राक्षस थियो ।
पाठः
यदि जीवनसाथीले केही माग्छ भने त्यसलाई पूरा गर्ने कोसिस गर्नुपर्छ । यो हाम्रो जिम्मेवारी पनि हो र यसमा स्नेह र प्रेम पनि लुकेको छ । जीवनसाथी अर्थात् श्रीमानको श्रीमती र श्रीमतीको श्रीमानमाथि एक अर्कासँग केही माग गर्ने अधिकार हुन्छ । माग चाहे जेसुकै होस् श्रीमान् वा श्रीमतीले जीवनसाथीको आफ्नो हैसियत र क्षमताको हिसाबले त्यसलाई पूरा गर्ने कोसिस गर्नुपर्ने कर्तव्य हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण