२३ मंसिरबाट नेपाल आइडल सुरु
सोमबार, २० मङ्सिर २०७८, ११ : ०३
चर्चित रियालिटी सो नेपाल आइडलको चौंथो सिजन २३ मंसिरबाट प्रसारणमा आउँने भएको छ । शोका होस्ट आसिफ शाहले सामाजिक सञ्जालमार्फत शो प्रसारण मिति सार्वजनिक गरेका हुन् ।
राती ८ः ३० बजे एपीवान टेलिभिजनबाट प्रसारण हुने शोका निर्देशक लक्ष्मण पौडेल हुन् । करिब ४ महिना चल्ने आइडलको चौंथो सिजनका लागि सय प्रतिस्पर्धी छानिएका थिए भने गाला राउन्डसम्म पुग्दा १२ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
शोमा यसपटक भर्सनटायल संगीतकार शम्भुजित बाँस्कोटा, गायक सुगम पोखरेल र गायिका शिवानी मोक्तान निर्णायकको रुपमा छन् । यस अगाडिका सबै सिजन चर्चामा रहन सफल भएको कारण आयोजकले यो शो पनि चर्चामा रहने आस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण