रुसी राष्ट्रपति पुटिन आज भारत आउँदै
भारत र रुसका बीचमा सोमबार विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विशेष गरेर सैनिक सेवाका लागि आवश्यक पर्ने कामका लागि सहयोग र सहकार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंह र रुसका समकक्षी सेर्गेइ शोयगुको सहभागितामा भएको बैठकपछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
“भारतलाई रुसले गरेको बलियो सहयोगको भारत गहिरोसँग स्वागत गर्दै धन्यवाद ज्ञापन गर्दछ,” भारतका विदेश मन्त्री सिंहले भने । भारत र रुसका बीचमा भएको सहयोग र सहकार्यको आदानप्रदानको सम्झौताले यस क्षेत्रमा शान्ति र स्थिरता स्थापना गर्न सहयोगी हुने उनले विश्वास व्यक्त गरे । रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “रुसी समकक्षीसँगको भेटवार्ता अत्यन्त उपलव्धीमुलक र उपयोगी भयो ।”
भारतले रुससँगको सहकार्य र सम्झौतालाई विशेष महत्वका साथ लिएको र रणनीतिक साझेदारको रुपमा बुझेको उनको भनाई छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भारत भ्रमणमा आउन लागेकै दिन भारत र रुसका बीचमा यस्तो महत्वपूर्ण सम्झौता भएको हो । विदेश भ्रमण निकै कम गर्ने पुटिन भारत—रुस बार्षिक शिखर सम्मेलनमा सहभागी हुन सोमबार भारत आउन लागेका हुन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण