मोटरसाइकल चोरेको आरोपमा काठमाडौंबाट ७ जना पक्राउ
मङ्गलबार, २१ मङ्सिर २०७८, १३ : २८
मोटरसाइकल चोरेको आरोपमा काठमाडौंबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेर ट्राफिक प्रहरी महाशाखाले मंगलबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रौतहट घर भएका नर कुमार पुडासैनी, जुम्लाका पुन्दलाल बुढा, बारा घर भएका रन्जित प्रसाद गुप्ता, काठमाडौंका सन्तोष महर्जन र रौतहट घर भएका ज्ञानेन्द्र चौधरी छन् । रौतहट घर भएका ३२ वर्षीय रवि कुमार कुशवाहा र उदयपुरका कमल बहादुर बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
कीर्तिपुरको ढाल्पा ग्यारेजबाट पक्राउ परेका २२ वर्षीय रन्जित प्रसाद गुप्ता मोटरसाइकल वर्कशप संचालक हुन् । आरोपीहरुको साथबाट ८ थान चोरीका मोटरसाइकल बरामद गरिएको ट्राफिक महाशाखाका एसपी संजिव शर्मा दासले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण