नेपाली काँग्रेसमा यसरी चुनिदै छन् पदाधिकारी र केन्द्रीय सदस्यहरू (भिडियो)
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ (आगामी शुक्रबार) गतेबाट सुरु हुदैछ । देश सङ्घीय संरचनामा गए पछि नेपाली काँग्रेसको यो पहिलो महाधिवेशन हो । यस महाधिवेशनले १४ जनाको पदाधिकारी सहित १६७ जनाको केन्द्रीय समिति बनाउने छ । काँग्रेसको १४ औँ महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सह महामन्त्री (क्लस्टर) बाट चयन हुने छन् । काँग्रेसको संशोधित विधान अनुसार सहमहामन्त्रीहरू विभिन्न क्लस्टरबाट उम्मेदवार बन्ने तर सबै केन्द्रीय महाधिवेशन प्रतिनिधिले निर्वाचित गराउने छन् । तर कोषाध्यक्षको भने प्रत्यक्ष निर्वाचन नहुने व्यवस्था गरिएको छ । महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्य मध्यबाट सभापतिले सिफारिस गरेको व्यक्तिलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था गरिएको छ ।
१४ औँ महाधिवेशनबाट कम्तीमा दश वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष (खुला) ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछ भने सभापतिको सिफारिसमा नवनिर्वाचित केन्द्रीय समितिले थप ३३ जना केन्द्रीय समिति मनोनयन गने व्यवस्था विधानमा छ । केन्द्रीय समितिमा महिलाबाट ९ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित ३ हुने गरी २१ जना, दलितबाट ४ महिलासहित ९ जना, आदिवासी जनजातिबाट ७ महिलासहित १५ जना, खस आर्यबाट ६ महिलासहित १३ जना, मधेसीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट १ जना गरी ५४ जना केन्द्रीय सदस्य चुनिने छन् ।
यसमा अपाङ्गता वा अल्पसङ्ख्यक समूहबाट १ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यता सभापतिले मनोनयन गर्ने ३३ जना केन्द्रीय सदस्य विधानअनुसार निर्वाचित भएर आउन नसकेको विभिन्न क्लस्टरहरू महिला, समावेशी सिद्धान्त र अपाङ्गता वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखी मनोनयन गर्नु पर्ने छ । निर्वाचित केन्द्रीय समितिमा क्लस्टर र आरक्षण गरिएको समूहबाट मात्र महिला निर्वाचित भए ४१ जना हुनेछन् । समावेशी र समानुपातिक सिद्धान्त अनुसार सभापतिले थप १४ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नु पर्ने हुन्छ अनि मात्र ३३ प्रतिशत महिला केन्द्रीय सदस्यमा पुग्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण