‘अदृश्य भित्रको लजावती’ मा विनोद र सारिकाको रोमान्स
शुक्रबार, २४ मङ्सिर २०७८, ११ : ४५
गायक प्रमोद खरेलको स्वर तथा आलोकश्रीको संगीत रहेको गीत ‘अदृश्य भित्रको लजावती’ सार्वजनिक गरिएको छ । माया प्रेमको कुरा ब्यक्त गरिएको गीतमा विनोद केसीका शब्द छन् । भिडियोमा लामो समयदेखि विभिन्न टेलिफिल्म र फिल्ममा प्रहरीको भूमिका निर्वाह गर्दै आएका कलाका विनोद केसी देखिएका छन् ।
केसीलाई भिडियो अभिनयमा सारिका केसीले साथ दिएकी छन् । भिडियोमा एक जोडी युवायुवतीको प्रेमकथा देखाउन खोजिएको छ । केसीले नै निर्देशन रहेको भिडियो वसन्तपुर दरबार, रानीपोखरी, धरहरालगायत पुरातात्विक तथा ऐतिहासिक क्षेत्रमा खिचिएको छ । करण चौसिरको छायाङ्कन र राजकुमार मगरको सम्पादन भिडियोमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण