मेलिना राईको नयाँ गीत सार्वजनिक
शनिबार, २५ मङ्सिर २०७८, १४ : ५७
चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको गीत ‘के छ तिम्रो विचार’ सार्वजनिक भएको छ । दीपराज थापाको तथा सोनाम बज्यूको संगीत र गीत संयोजन गीतमा छ । गीतको भिडियोमा कमेडियन दिनेश काफ्ले र अभिनेत्री नम्रता सापकोटाको रोमान्स रहेको छ । आरजु बैजुको कोरियोग्राफी रहेको भिडियो डान्सिङ शैलीमा बनेको छ ।
उमेरले परिपक्व एक युवतीलाई मन पराउने र मिठा-मिठा सपना देख्ने युवकको रमाइलो किस्सा भिडियोमा देखाउन खोजिएको छ । छायाङ्कन सुशन प्रजापतिको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको भिडियोमा शिशिर खातीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण