बलिउड अभिनेत्रीको महङ्गो विवाह : १३ देखि ७५ लाखसम्मका पहिरन
कट्रिना कैफ अहिले विवाहमा लगाएका पहिनको कारणले पनि चर्चा छिन् । मिडिया रिपोर्टकाअनुसार उनले १७ लाख भारुको लेहेङ्गा लगाएकी थिइन् । उक्त पहिरन फेसन डिजाइनर सब्यासाची मुखर्जीले तयार गरेकी थिइन् । कट्रिना अगाडि पनि ऐश्वर्या रायबच्चन, करिना कपुर शिल्पा शेट्टीलगायत कयौं सेलिब्रेटी विवाह पहिरनका कारण चर्चामा आएका थिए । बलिउड अभिनेत्रीको विवाह पहिरनमा कसको खर्च कति लागेको छ ? त्यससम्बन्धमा एक रिपोर्ट :
ऐश्वर्या राय बच्चन
ऐश्वर्याले २० अप्रिल २००७ मा अभिषेक बच्चनसँग विवाह गरेकी हुन् । विवाहमा उनले नीता लुल्लाले तयार गरेको सारी लगाएकी थिइन् । जसको मूल्य ७५ लाख भारु रहेको थियो । सारीमा सुनौलो बोडर र क्रिस्टल समेत जडित थियो ।
शिल्पा शेट्टी
२००९ मा शिल्पाले राज कुन्द्रासँग विवाह गरेकी हुन् । विवाहमा उनले डिजाइनर तरुण तहलियानीले तयार पारेको रातो साडी लगाएकी थिइन् । जसको मुख्य ५० लाख भारु रहेको थियो । सारीमा क्रिस्टल पनि जडिएको थियो ।
करिना कपुर
करिनाले २०१२ मा सैफअलि खानसँग विवाह गरेकी हुन् । उनले सासु शर्मिला टेगोरको पुरानो लेहेङ्गालाई मनीष मल्होत्राबाट मर्मत गराएकी थिइन् । उक्त लेहेङ्गाको मूल्य ५० लाख भारु बताइएको थियो ।
अनुष्का शर्मा
अनुष्काले ११ डिसेम्बर २०१७ मा क्रिकेटर विराट कोहलीसँग इटलीमा विवाह गरेकी हुन् । उनले सब्यसाची मुखर्जीले तयार गरेको पहिरन लगाएकी थिइन् । जसको मूल्य ३० लाख भारु रहेको बताइन्छ ।
दीपिका पादुकोण
दीपिकाले १४ नोभेम्बर २०१८ मा इटलीमा विवाह गरेकी हुन् । उनले पनि विवाहको पहिरन सब्यसाची मुखर्जीले तयार गरेकी थिइन् । उनको विवाह पहिरन सुनौलो लेहेङ्गा रहेको थियो । जसको मूल्य १३ लाख बताइएको थियो ।
जेनेलिया देशमुख
जेनेलियाले रितेश देशमुखका साथ क्रिश्चियन र भारतीय दुबै रीतिरिवाजबाट विवाह गरेकी हुन् । उनले नीता लुल्लाले तयार पारेको सुनौलो र रातो रंगको साडी लगाएकी थिइन् । जसको मुल्य १७ लाख भारु रहेको थियो ।
प्रियंका चोपाडा
प्रियंकाले २०१८ को डिसेम्बरमा निक जोनससँग विवाह गरेकी हुन् । विवाहको समय उनले रातो लेहेङ्गा लगाएकी थिइन् । जसको मुख्य १३ लाख भारु बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु