‘उसँग म सुहाउँछु रे’ मा उषा र प्रशिसको रोमान्स
सोमबार, २७ मङ्सिर २०७८, १४ : २६
गायिका लक्ष्मी खरेलको स्वर रहेको गीत ‘उसँग म सुहाउँछु रे’ सार्वजनिक भएको छ । डा. कृष्णहरि बरालको शब्द रहेको गीतमा मदन दिपविमको संगीत र विनोद कुमार भुजेलको संगीत संयोजन छ । स्वर्गीय संगीतकार दिपविमको संगीत रहेको यो अन्तिम गीत हो ।
गीतको आकर्षक म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा उषा उप्रेती र प्रशिस गौतमको अभिनय देख्न सकिन्छ । भिडियोमा उषा र प्रशिसको रोमान्टिक प्रेमकथा देखाउन खोजिएको छ ।
विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । प्रविन घिमिरे सह–निर्देशक रहेको भिडियोमा उत्सव दाहालको छायांकन शिलन लम्सालको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण