के सलिनमानले विवाह गर्न लागेका हुन् ?
गायिका प्रविशा अधिकारी, अभिनेत्री रेश्मा घिमिरे लगायत केही सेलिब्रेटीले यो मंसिरमा लगनगाँठो कसे । मंसिर बिदा हुँदै गर्दा फिल्म ‘यात्रा’ अभिनेता सलिनमान बनियाँको विवाहको चर्चा हुन थालेको छ । उनले प्रेमिका अस्प्रिना श्रेष्ठसँग विवाह गर्न लागेको चर्चा छ । सोमबार सलिनमान र अस्प्रिनाका परिवारबीच राजधानीको एक होटलमा भेटघाट भएको थियो । भेट उनीहरुको इन्गेज्मेन्ट र विवाह बारेमा रहेको बताइन्छ । अस्प्रिनाले सलिन र आफ्नो परिवारबीच भएको भेटको तस्विरहरू इन्स्टाग्राम स्टोरीमा पोस्ट गरेकी छन् ।
सलिनमान र अस्प्रिना विगत ८ वर्षदेखि प्रेममा रहेका छन् । उनीहरुको प्रेम बाहिर आएकै विषय हो । केही दिन अगाडि पनि अस्प्रिनाले सलिनमानले आफुलाई महँगो गाडी उपहार दिएको सार्वजनिक गरेकी थिइन् । सलिनमान पनि बेला–बेलामा सामाजिक सञ्जालमा अस्प्रिनासँगका तस्बिर शेयर सार्वजनिक गरिरहन्छन् । सोही कारणले पनि मिडियामा उनीहरुको सम्बन्धलाई लिएर थुप्रै गसिव बनेका छन् ।
सलिनमान ‘ए मेरो हजुर २’ बाट फिल्म अभिनयमा डेब्यु गरेका अभिनेता हुन् । पहिलो फिल्मबाट राम्रो क्रेज बनाउन सफल उनले दोस्रो फिल्मको रुपमा ‘यात्रा’ अभिनय गरेका थिए । सलिनमानको अभिनयभन्दा पनि लुक्स, हेयर स्टाइल र ड्रेसअपको फिल्म क्षेत्रमा बढी चर्चाको बिषय बन्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण