चिसो रातमा तात्यो राष्ट्रिय सभागृहको माहोल, मतगणनाका तस्बिरहरु
मंसिरको अन्तिमको यो ठिहिर्याउँदो चिसो मौसम । तर काँग्रेस महाधिवेशनको रौनकले राजधानीको राष्ट्रिय सभागृहको माहोल तातिएको छ । काँग्रेस सभापतिको मतदानपछि अहिले मध्यरातमा मतगणना जारी रहँदा कसको पक्षमा चुनावी नतिजा आउँछ भन्नेमा चासो सर्वत्र छ । समाचार संकलनका लागि दर्जनौँ सञ्चारकर्मी अहिले सभागृहमा छन् भने भित्र मतगणना चलिरहेको छ, तीन ठाउँमा ।


तुलनात्मक रुपमा समीकरण बदलिएर शेखर कोइराला कमजोर जस्तो देखिएपनि चुनाव भएकाले कस्तो नतिजा आउला भनेर चासो बढेको हो। राष्ट्रियसभा गृहमा राति सवा ११ बजेदेखि मतगणना सुरु भएको हो ।
निर्वाचन समितिका अनुसार अबको करिब ३ घण्टामा काँग्रेसले नयाँ सभापति पाउनेछ । काँग्रेस सभापतिको दौडमा शेरबहादुर देउवा र शेखर कोइराला रहेका छन् । आज भएको मतदानमा सोमबारको तुलनामा कम मत खसेको थियो । काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना थिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण