शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
कीर्तिपुर होल्डिङ सेन्टर

भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)

शनिबार, २७ असार २०८३, १८ : ५४
शनिबार, २७ असार २०८३

सारांश

  • काठमाडौँको कीर्तिपुरस्थित होल्डिङ सेन्टर भारी वर्षाले डुबानमा परेको छ ।
  • सरकारले स्थानान्तरण गरेका सुकुमबासी परिवारहरू सेन्टरमै बाढी पसेपछि थप समस्यामा परेका छन् ।
  • बालबालिकाहरूको पाठ्यपुस्तक र शैक्षिक सामग्रीहरू भिजेर नष्ट भएकाले उनीहरूको भविष्य अन्योलमा परेको छ ।

काठमाडौँ । गएराति र आज बिहान परेको भारी वर्षाका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेको छ ।

सरकारले डुबानबाट बचाउने भन्दै सुरक्षित स्थानका रूपमा स्थानान्तरण गरेका सुकुमबासी परिवारहरू सेन्टरमै बाढी पसेपछि थप समस्यामा परेका छन् । बाढीका कारण त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको छ भने बालबालिकाको पठनपाठनका सामग्रीहरू भिजेर नष्ट भएका छन् । 

शैक्षिक सत्रको सुरुवातमा नै विस्थापित भएर परिवारसँगै होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बालबालिकाहरूको शैक्षिक सामग्री भिजेपछि उनीहरूको भविष्य अन्योलमा परेको छ । विद्यालयबाट यस वर्षका लागि प्राप्त पाठ्यपुस्तक र विभिन्न दाताहरूबाट सहयोगस्वरूप पाएका शैक्षिक सामग्रीहरू पानीले भिजेका हुन् । 

अहिले होल्डिङ सेन्टर परिसरमा बालबालिकाका किताब, कापी र अन्य शैक्षिक सामग्रीहरू सुकाउनका लागि विस्कुनझैं फिँजाएर राखिएको छ । सुरक्षित आवासको प्रतिबद्धतासहित सरकारले स्थानान्तरण गरे पनि उपयुक्त व्यवस्थापन हुन नसक्दा आश्रित परिवार र बालबालिकाहरू मर्कामा परेका छन् ।

kirtipur-holding-center (8)kirtipur-holding-center (9)kirtipur-holding-center (1)kirtipur-holding-center (6)kirtipur-holding-center (5)kirtipur-holding-center (3)kirtipur-holding-center (7)kirtipur-holding-center (2)kirtipur-holding-center (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप