युएन मिशनमा कन्टिनजेन्टतर्फ ८ प्रतिशत महिला सैनिक पुर्याउँदै सेना
संयुक्त राष्ट्रसंघको आग्रहपछि नेपाली सेनाले युएन मिशनमा महिला सैनिकको संख्या बढाउन थालेको छ । गण र गुल्मको बटालियन लिएर जाने सैनिक समूह ‘कन्टिनजेन्ट’तर्फ ८ प्रतिशत महिला सैनिक पुर्याउनेगरी जंगी अड्डाले तयारी गरिरहेको छ ।
संयुक्त राष्ट्रसंघले एकीकृत लैंगिक समानता रणनीतिअनुसार शान्ति मिसनमा सहभागी हुने महिला सैनिक कन्टिनजेन्टतर्फ ८ प्रतिशत पुर्याउन नेपाली सेनालाई आग्रह गरेको थियो । सो लक्ष्य पूरा गर्नेगरी काम भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
राष्ट्रसंघका १२ वटा मिसनमा अहिले २२२ जना महिला सैनिक खटिएका छन् । शान्ति मिशनमा पुरुष र महिलासमेत कुल ५ हजार २१९ जना सैनिक सहभागी छन् । कन्टिनजेन्टतर्फ सहभागी ३ दशमलव ९१ प्रतिशत महिलाको संख्या बढाएर २०२१ भित्र ८ प्रतिशत पुर्याउन राष्ट्रसंघले सेनालाई आग्रह गरेको थियो ।
मिलिटरी अब्जर्भर र स्टाफ अब्जर्भर महिला सैनिकको संख्याचाहिँ सन् २०२१ भित्र १८ प्रतिशत पुर्याउन राष्ट्रसंघले नेपाली सेनालाई पत्र पठाएको थियो । मिलिटरी अब्जर्भर र स्टाफ अब्जर्भरतर्फ लक्ष्यअनुसार सहभागिता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । राष्ट्रसंघले सन् २०२८ सम्ममा कन्टिनजेन्ट तर्फ १५ प्रतिशत र अब्जर्भरतर्फ २५ प्रतिशत महिला सहभागिता गराउन सेनालाई आग्रह गरेको छ ।
नेपाली सेनाले सन् १९९२ देखि युएन मिशनमा महिलालाई पठाउँदै आएको छ । मिशनमा पुरुषको दाँजोमा महिलाले छिटो अवसर पाउने गरेका छन् । सेनाको कुल संख्याको ८ प्रतिशत महिला छन् । राष्ट्रसंघको तोकेको मापदण्ड अनुसार महिला सैनिक पठाउँदा वरीयता मिचिने गरेको सैन्य अधिकारीहरु बताउँछन् ।
सेनामा भर्ना भएको ३ वर्ष पूरा भएका महिलासमेत राष्ट्रसंघीय मिशन मालीमा सहभागी छन् । तर, पुरुषतर्फ १३ वर्ष जागिर पुगेका सैनिक पनि जान पाएका छैनन् । महिला सैनिकको संख्या थोरै भएकाले सो अवस्था आएको जंगी अड्डाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
नेपाली सेनामा १९६९ देखि प्राविधिक विधामा महिलालाई भर्ना लिन थालिएको थियो । सन् २००४ देखि साधारण समूहमा महिलालाई भर्ना लिन थालियो । सन् २००५ बाट नेपाली सेनाले महिलालाई अधिकृत पदमा भर्ना लिन थालेको थियो ।
सेनामा अहिले कुल ७ हजार १६२ जना महिला छन् । तीमध्ये ३८८ जना अधिकृत छन् । प्राविधिकतर्फ सैनिक ब्रिगेडियर जनरल पदसम्म महिला पुगेका छन् । प्राविधिकतर्फ सेना प्राड विवाकमा ईबिता राना सहायक रथी दर्जामा कार्यरत छिन् । साधारण समूहमा भर्ना भएका महिला सैनिक मेजर दर्जामा पुगेका छन् ।
शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको मिशनमा धेरै सेना पठाउने मुलुकमा नेपाल दोस्रो नम्बरमा छ । आगामी दिनमा कुल फौजको १० प्रतिशतलाई शान्ति सेनामा पठाउने योजना अनुसार आवश्यक हातहतियार तथा सैन्य सामग्रीको व्यवस्थापन भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण