आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

उर्मिला र मनोजको ‘यो मन मेरो’ सार्वजनिक

शुक्रबार, ०२ पुस २०७८, १० : २४
शुक्रबार, ०२ पुस २०७८

गुरूङ भाषाको ‘चु सैं ङल’ अर्थात ‘यो मन मेरो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ‘होई मेरो संसार’ बोलको गीतको सफलतासँगै गायक बिन्तीकुमार गुरूङले ‘चु सैं ङल’ बजारमा ल्याएका हुन् ।

बिन्तीको शब्द, संगीत र स्वरमा रहेको गतिमा उनलाई नेपाल आइडल प्रतियोगी ममता गुरूङले स्वरमा साथ दिएकी छन् । भिडियोमा मोडल उर्मिला गुरूङ र मनोज गुरूङ अभिनय रहेको छ । लमजुङको सुन्दर गुरूङ बस्ती डडुवा दुर्छा र करापु गाउँमा छायांकन भएको गीतमा उर्मिला र मनोजको प्रेम देखाउन खोजिएको छ ।

साजन गुरुङको कोरियोग्राफी निर्देशन रहेको भिडियोमा  टेकमान गुरुङको छायांकन र नेत्र गुरुङको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप