‘किन होला’ मा पुष्प र गरिमाको रोमान्स
शुक्रबार, ०२ पुस २०७८, १६ : ५५
अस्मिता अधिकारी र निशान भट्टराईको स्वर रहेको ‘किन होला’ सार्वजनिक भएको छ । मिठासपूर्ण शब्द गीतमा प्रयोग गर्दै आएका गीतकार बालकृष्ण न्यौपानेको शब्द तथा हरि लम्सालको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।
गीतको भिडियोमा सानो तथा ठुलो पर्दामा चलेको अनुहार अभिनेता आकाश श्रेष्ठ, पुष्प खड्का, अभिनेत्री पूजा शर्माको अलवा मोडल गरिमा शर्मा, सुरज श्रेष्ठ, कविता श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ । गीतका कलाकारले दमदार नृत्य समेत गरेका छन् ।
शिव बिकको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, विष्णु खड्काको सम्पादन छ । गीतले सबैको मन जित्छ भन्नेमा आफु विश्वास्त रहेको गीतकार न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण