बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेह होस् वा छाला सम्बन्धि समस्या : घ्यू कुमारी असाध्यै लाभदायी

सोमबार, ०५ पुस २०७८, १२ : २९
सोमबार, ०५ पुस २०७८

विश्वभरीमा स्वास्थ्य लाभका लागि वर्षौदेखि सबै प्रकारका औषधीको प्रयोग गरिँदै आएको छ । घ्यू  कुमारी यस्तो खालको एउटा बिरुवा हो जसमा औषधी र पोषण सम्बन्धि गुण पाइन्छ । यो शरीरका लागि विभिन्न तवरले लाभदायक मानिँदै आएको छ । पोलेको ठाउँ होस् वा घाउको उपचारदेखि छालालाई स्वस्थ बनाइ राख्नका लागि यसको जेल प्रयोगमा ल्याइँदै आएको छ ।

जेलका साथै घ्यू कुमारीको जूसले पनि स्वास्थ्यलाई विभिन्न फाइदा पु¥याउँछ । यही कारणले आयुर्वेद विशेषज्ञहरु सधैँ घ्यू कुमारीको जुस पिउन सल्लाह दिन्छन् ।

घ्यू कुमारीको जूसमा कयौँ पोषक तत्व र भिटामिन पाइने अध्ययनले समेत देखाएको छ । जसबाट स्वास्थ्यमा लाभ पुग्छ । यसमा बिटा क्यारोटिन पनि पाइन्छ । जसले एन्टि अक्सिडेन्टको रुपमा काम गर्छ र रेटिना कार्नियलको कामसहित आँखाको स्वास्थ्यका लागि लाभदायक हुन सक्छ ।

यसबाट अन्य के –के फाइदा छन् ? हामी पनि जानौँ ।

पाचनका लागि अत्यन्त फाइदाजनक

कब्जियतको समस्या हुनेहरुका लागि घ्यू कुमारीको जुस सेवन गर्नु अत्यन्त फाइदाजक हुन्छ । घ्यू कुमारीको बिरुवाको बाहिरी भागमा एन्थ्रक्विनोन नामक यौगिक हुन्छ, जुन लेक्सेटिभको रुपमा अत्यन्तै लाभदायक मानिन्छ । पाचन सम्बन्धि समस्या भएकाहरुलाई दैनिक घ्यू कुमारीको जुस पिउनाले लाभ पुग्ने स्वास्थ्य विशेषज्ञले पनि बताउँदै आएका छन् ।

मधुमेहका रोगीले पिउनुपर्छ घ्यू कुमारीको जुसः

स्वास्थ्य विशेषज्ञहरु मधुमेहका रोगीले घ्यू कुमारीको जुस सेवन गर्नु फाइदाजनक भएको बताउँछन् ।

जर्नल अफ क्लिनिकल फार्मेसी एन्ड थेरेप्यूटिक्समा प्रकाशित २०१६ को एक मेटा विश्लेषणका अनुसार प्रि डायबिटिज र टाइप–२ डायबिटिजका बिरामीले ब्लड सुगर नियन्त्रण गर्न घ्यू कुमारीको सेवन गर्दा विशेष लाभदायक हुने उल्लेख छ ।

शोधकर्ताका अनुसार घ्यू कुमारीको जुस सधैँ सेवन गर्ने मानिसमा फास्टिङ ब्लड सुगरको लेवल नियन्त्रित गर्न सकिन्छ ।

छाला र कपालका लागि लाभदायी

घ्यू कुमारीको जुस छालालाई चमकदार र सफा राख्नमा सहयोगी हुन्छ । यसले कपालको विकासमा पनि सहयोगी भूमिका निर्वाह गर्छ ।

यसको जेलको प्रयोग छालामा पोलेको र घाउका दागबाट छुटकारा दिन सहयोगी हुनसक्छ । घ्यू कुमारी अनुहारमा लगाउँदा यसले मोइस्चुराइजिङको काम पनि गर्छ ।   घिउ कुमारीको जूसको सेवनले छालालाई भित्रैबाट लाभ मिल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप