‘हाम्रो नेपाली किबोर्ड’ एप एक करोड पटक डाउनलोड
नेपालको लोकप्रिय एप हाम्रो नेपाली किबोर्ड गुगल प्ले स्टोरमा एक करोड पटक डाउनलोड भएको छ । फेसबुक र स्मार्टफोन आउने क्रममा नेपाली लेख्न नमिल्ने असहजता हटाउन सन् २०१४ मा हाम्रो पात्रोले नेपाली किबोर्ड एप सार्वजनिक गरेको थियो ।
यो एप ल्याएपछि नेपालीमा टाइप गर्न सुविधा मिलिरहेको छ । रोमनबाट नेपाली तथा चलन चल्तीको देवनागरी लिपी सुविधा किबोर्डमा छ । सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै १० लाख पटक डाउनलोड पार गर्ने पहिलो नेपाली एप थियो ।
योसँगै हाम्रो पात्रोका दुई एन्ड्रोइड एप करोड संख्यामा डाउनलोड हुने सूचीमा परेका हुन् । यसअघि ‘हाम्रो पात्रो’ एपले यो सफलता पाइसकेको छ । एन्ड्रोइड फोनमा नेपालीमा टाइप गर्ने सजिलो तरिका नहुँदा प्रयोगकर्ताले हिन्दी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको थाहा पाएपछि नेपाली किबोर्ड एप विकास गरिएको हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले बताए ।
यसमा बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ) मोबाइल अनुसार किबोर्डको आकार चाहेजस्तो सानो या ठूलो बनाउनसक्ने सुविधाका साथ स्टिकर्स र चाहे अनुसार थिम परिवर्तन गर्ने सुविधा पनि रहेको छ । ‘आज यो एप हाम्रो आफ्नै भाषामा टाइप गर्न एक करोड बढी नेपालीले डाउनलोड गरेका छन् । यो हाम्रो टोलीका सदस्यहरूको कडा परिश्रम र प्रयोगकर्ताहरूको विश्वास र समर्थनका कारण सम्भव भएको हो,’ उप्रेतीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण