विवादका बीच डेढ महिनापछि अखिल क्रान्तिकारीको शपथ
बुधबार, ०७ पुस २०७८, ११ : २०
आन्तरिक विवादका कारण पदाधिकारीसमेत चयन गर्न नसकेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबार शपथ ग्रहण कार्यक्रम राखेको छ ।
गत १४-१८ असोजमा सम्पन्न राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरी पञ्चा सिंहलाई अध्यक्ष चयन गरेका थिए । तर, करिब डेढ महिनासम्म शपथसमेत गराउन नसकेको अखिल क्रान्तिकारीले बुधबार प्रज्ञा भवनमा शपथ ग्रहण कार्यक्रम राखेको छ ।
गत २७ मंसिरमा अध्यक्ष सिंहले केन्द्रीय सदस्यको नाम सार्वजनिक गरे पनि विद्यार्थी फ्रयाक्सन इन्चार्ज हितमान शाक्यदेखि पूर्व अध्यक्ष रञ्जित तामाङसमेतको असन्तुष्टिको बीच अध्यक्ष सिंहले शपथ ग्रहण कार्यक्रम राखेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण