लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा
शुक्रबार, ०९ पुस २०७८, १० : ०३
नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न ३० पुसमा साधारणसभा बोलाएको छ । बैंकले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।
सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पुँजी १० अर्ब पुर्याउने लगायतका एजेण्डा छन् ।
सभा प्रयोजनका लागि बैंकले १६ पुसमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, १५ पुससम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवकलाई खुकुरी प्रहार गरेको आरोपमा ९ जना पक्राउ
-
अमेरिकामा आँधीका कारण चार जनाको मृत्यु
-
न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
-
संसद्मा गृहमन्त्री लामिछानेलाई बोल्न दिन कांग्रेससँग राप्रपाको माग
-
चिप्स खाने च्यालेन्जमा किशोरको मृत्यु
-
संसद् भवन अगाडि गृहमन्त्रीको विरोधमा नेविसंघको प्रदर्शन, ११ जना पक्राउ (तस्बिरहरू)