एप्पलले बेच्यो सर्वाधिक स्मार्टफोन, दोस्रोमा शाओमी
शनिबार, १० पुस २०७८, १४ : ४२
२०२१ को तेस्रो त्रैमासमा एप्पलले सर्वाधिक बढी फाइभ–जी स्मार्टफोन बिक्री गरेको छ । स्ट्राटेजिक एनालाइटिक्सको रिपोर्ट अनुसार एप्पल नम्बर वान भएको हो । यो अवधिमा एप्पलले आइफोन–१३ सिरिजका अलावा आइफोन–१२ को राम्रो बिक्री गरेको छ ।
दोस्रो स्थानमा शाओमी र तेस्रो स्थानमा सामसङ परेका छन् । सर्वाधिक बढी फाइभ–जी बिक्री गर्नेमा ओपो चौथो स्थानमा परेको छ । रिपोर्टकाअनुसार शाओमीको भूमिका सबैभन्दा बढी छ ।
युरोपेली बजारमा भने सामसङ नै पहिलो नम्बरमा आएको छ । ओपोले चिनियाँ बजारमा शानदार प्रदर्शन गरेको छ । तेस्रो त्रैमासमा सामसङ ग्यालेक्सी जेट फ्लिप–३, ग्यालेक्सी एस २१ अल्ट्रा र ग्यालेक्सी ए सिरिज फोन सामसङले बिक्री गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण