एम्बुलेन्स र मोटरसाईकल ठोक्किदा एकको मृत्यु
आइतबार, २६ कात्तिक २०७४, ०८ : २३
कपिलवस्तु - एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्कीदा कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ ।
प्युठानबाट भैरहवा जाँदै गरेको रा १ च ६५५ नम्बरको एम्बुलेन्स र विपरित दिशाबाट आउदै गरेको लु ३० प ५२५३ नम्बरको मोटरसाईकल शुद्धोधन गाँउ पालिका वडा नं – ६ तितिरियामा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाईकल चालक रुपन्देहि जिल्ला कोटिवामायी गाउपालिका वडा नं.–५ वस्ने २३ वर्षका रोहित यादवको मृत्यु भएको हो । ओभरट्याक गर्ने कक्रमा दुर्घटना भएको प्रहरीले रातोपाटीलाई बतायो ।
एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएका यादवको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण