मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एम्बुलेन्स र मोटरसाईकल ठोक्किदा एकको मृत्यु

आइतबार, २६ कात्तिक २०७४, ०८ : २३
आइतबार, २६ कात्तिक २०७४

कपिलवस्तु - एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्कीदा कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ । 

प्युठानबाट भैरहवा जाँदै गरेको रा १ च ६५५ नम्बरको एम्बुलेन्स र विपरित दिशाबाट आउदै गरेको लु ३० प ५२५३ नम्बरको मोटरसाईकल शुद्धोधन गाँउ पालिका वडा नं – ६ तितिरियामा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक रुपन्देहि जिल्ला कोटिवामायी गाउपालिका वडा नं.–५ वस्ने २३ वर्षका रोहित यादवको मृत्यु भएको हो । ओभरट्याक गर्ने कक्रमा दुर्घटना भएको प्रहरीले रातोपाटीलाई बतायो ।

एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएका यादवको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप