बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सिरिन्ज अभाव भएपछि खोप कार्यक्रम स्थगित

मङ्गलबार, १३ पुस २०७८, १० : ५५
मङ्गलबार, १३ पुस २०७८

१२ देखि १७ वर्षक बालबालिकाका लागि दिने भनिएको फाइजर खोपको लागि सिरिन्ज अभाव भएपछि खोप कार्यक्रम स्थगित भएको छ । यस अघि काठमाडौं ललितपुर भक्तपुर, काभ्रे चिवतन सिन्धुली,डडेलधुरा र सुर्खेत गरि ८ जिल्लामा पौष १३ गतेदेखि बालबालिकाका लागि दिने भनिए पनि सिरिन्ज अभावमा खोप कार्यक्रम स्थिगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सिरिन्ज प्राप्त हुने वित्तिकै खोप लगाउने कार्यक्रम प्रारम्भ गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा भने पौष ७ गतेदेखि बालबालिकाका लागि कोभिड १९ विरुद्धको मोडर्ना खोप अभियान सञ्चालन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप