शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक दलहरुले खेलाडीहरुलाई दुरुपयोग गरे : गोकुल बास्कोटा

बिहीबार, १५ पुस २०७८, १७ : ४५
बिहीबार, १५ पुस २०७८

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटाले राजनीतिक दलहरुले खेलाडीहरुलाई दुरुपयोग गर्ने गरेको बताएका छन् । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका बास्कोटाले पञ्चायतकालमा व्यवस्था जोगाउन तथा बहुदल कालमा दलहरुले बुथ कब्जा गर्न खेलाडीहरुलाई दुरुपयोग गरेको भन्दै अब त्यसो हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे । 

नेपाल खेलकुद महासंघले आफ्नो सम्मानमा बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अब खेलाडीहरुलाई भोट प्राप्त गर्ने भोटिङ मेसिनको रुपमा प्रयोग हुन नदिने बताए । बास्कोटाले खेल क्षेत्र र त्यसका खेलाडीहरुलाई राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्ने बताए । उनले खेल क्षेत्रले राष्ट्र, राष्ट्रियता र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

बास्कोटाले राष्ट्रको उन्नतिका लागि उपयोगी हुने खेल क्षेत्रको विकासमा सहयोग गर्न सबै सामाजिक संघ, संस्थाहरुलाई आह्वान पनि गरे ।

उनले भने, ‘हामी त यो तरिकाले बिग्रियौं कि देश एकीकरण गर्ने पृथ्वीनारायण शाहको शालिक फुटाएर हामी गणतन्त्रको गीत गाउँछौं । आफ्नो देशको मौलिकता बिर्सन्छौं । म राजावादी भएको होइन । पञ्चायति व्यवस्था जोगाउन खेलाडीहरुको दुरुपयोग गरेपनि । हिजो पञ्चायतका कालमा व्यवस्थाको रक्षाका निम्ति खेलाडीहरुलाई प्रयोग गरियो भने बहुदल कालमा भोट मेसिनको रुपमा प्रयोग गर्न खोजियो । अब गणतन्त्रमा चाहीं खेल कुनै दलको भोट प्राप्त गर्ने भोटिङ मेसिन हुँदैन । राष्ट्रको, राष्ट्रियताको र राष्ट्रिय गौरवको, राष्ट्रिय आत्माविश्वासको र राष्ट्र निर्माणको निम्ति यो खेल जगतलाई प्रयोग गर्नुपर्दछ । खेल क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तरगत रक्सी कारखानामा पनि सहयोग गर्नुपर्ने हुन्छ ।’

त्यस अवसरमा बास्कोटाले खेलाडीहरुको मनोबल बढाउने काम गरेको भन्दै पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा समेत गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप