पर्यटन क्षेत्रलाई नयाँ रणनीतिका अगाडि बढाउनुपर्छ : मन्त्री आले
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कोभिडको समस्या आइरहेको पर्यटन क्षेत्रलाई नयाँ रणनीतिका साथ अगाडी बढाउनुपर्ने बताएका छन् । उनले नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सवमा बोल्दै उनले प्रतिकूल परिस्थितिमा नयाँ रणनीति ल्याउनुपर्ने बताएका हुन् ।
मन्त्री आलेले आफ्नो सबै ध्यान पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा केन्द्रित रहेको बताए । यस्तै, मन्त्री आलेले बोर्डलाई संघीय संरचना अनुरुप लैजान तथा कर्मचारीको वृत्ति विकासमा अवरोध नआउने गरी काम भइरहेको बताउँदै उत्साहका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोभिडले सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन भएकोले यसको पुनःरुत्थानका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिए । उनले पर्यटन पुनःरुत्थानका व्यवसायीहरुलाई आर्थिक तथा नीतिगत सहुलियत आवश्यक भएको उल्लेख गर्दै त्यसको लागि मन्त्रालयले समेत पहल गरिरहेको बताए ।
यस्तै पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको आवश्यक रहेको बताउँदै त्यसको लागि पहल गर्न मन्त्रालयलाई आग्रह गरे । उनले बोर्ड स्थापनाको २३ औं वर्षसम्म आइपुग्दा थुप्रै उतार चढाव ब्यहोरेको उल्लेख गर्दै विगतका कमि कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण