आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भीम रावलको प्रश्न : नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला प्रवेश हुनलागेको हो ?

आइतबार, १८ पुस २०७८, २० : ५१
आइतबार, १८ पुस २०७८

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको देउवाका भारत भ्रमणप्रति प्रश्न उठाएका छन् । काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात् दिल्ली पुगेकी हुन् । आइतबार काँग्रेस नेतृ राणासँग भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइवालेले भेट गरेका छन् ।  

रावलले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'श्रीमती आरजु राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ताको समाचार आयो । के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुनलागेको हो ?'

प्रधानमन्त्री देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत भ्रमणमा जाँदैछन् । गुजरातबाटै देउवा नयाँ दिल्ली जाने भएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनुअघि आरजु राणाको नयाँ दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप