भीम रावलको प्रश्न : नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला प्रवेश हुनलागेको हो ?
नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको देउवाका भारत भ्रमणप्रति प्रश्न उठाएका छन् । काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात् दिल्ली पुगेकी हुन् । आइतबार काँग्रेस नेतृ राणासँग भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइवालेले भेट गरेका छन् ।
रावलले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'श्रीमती आरजु राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ताको समाचार आयो । के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुनलागेको हो ?'
श्रीमती आरजू राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसंग नयाँ दिल्लीमा वार्ताको समाचार आयो,
— Dr. Bhim Rawal (@BhimRawal179) January 2, 2022
के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुनलागेको हो?
प्रधानमन्त्री देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत भ्रमणमा जाँदैछन् । गुजरातबाटै देउवा नयाँ दिल्ली जाने भएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनुअघि आरजु राणाको नयाँ दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण