मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा एक सय ५३ मतदानस्थल अति संम्बेदनशील: यस्ता छन् चुनौती

सोमबार, २७ कात्तिक २०७४, ०९ : २७
सोमबार, २७ कात्तिक २०७४

कपिलवस्तु - कपिलवस्तुका एक सय ५३ मतदानस्थल अति संवेदनशील रहेको यहाँको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा समितिले यहाँका एक सय ५३ मतदानस्थल अति संवेदनशील, ६५ संवेदनशिल र १५ वटा सामान्य रहेको निस्कर्ष निकालेको हो ।

अबस्था हेरेर संवेदनशील स्थलहरु थपघट हुनसक्ने सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । कपिलवस्तुमा २ सय ३३ मतदान स्थल र ४ सय १० मतदान केन्द्र छन् ।

मुख्य चुनौती
जिल्लाका दक्षिणी मतदान स्थललाई अति संवेदनशील स्थलको रुपमा हेरिएको छ । बिप्लव समुह, सिके राउत समुह तथा भारतीय सीमासँग जोडिएको जिल्ला भएकाले पनि भारतबाट घुसपैठ भई आउन सक्ने अपराधिक समुह नै निर्वाचनको मुख्य चुनौतीको रुपमा देखिएकाले धेरै मतदानस्थल अति संम्वेदनशील स्थलका रुपमा हेरिएको हो ।

सुरक्षाकर्मी परिचालन
निर्वाचनमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ । जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी भुजेलका अनुसार निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी गरी ५ हजार ३ सय ४१ सुरक्षाकर्मी परिचालन गरिने छ ।

मंसिर २१ मा हुने निर्वाचनमा नेपाली सेना ८ सय ५०, नेपाल प्रहरी १ हजार २ सय सात, शसस्त्र प्रहरी ८ सय १० र अन्य म्यादी प्रहरी खटाईने छ । ३ निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा सदस्यको संङख्या रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप