लैगिंक सचेतनाका लागी मैत्रीपुर्ण ब्याडमिन्टन
कपिलवस्तु - “हाम्रो सटलः महिला हिंसा अन्त्यका लागि” भन्ने नाराका साथ लैंगिक हिंसा न्युनिकरण बारे चेतना फैलाउने उदेश्यका साथ तौलिहवामा दुई दिने मैत्रीपुर्ण ब्याडमिन्टन आईतबार देखी शुरु भएको छ ।
साथी कपिलवस्तु आस्था परियोजना र जिल्ला कपिलवस्तु ब्याडमिन्टन संघको संयुक्त आयोजनामा भएको खेलमा २१ डबल्सले सहभागीता छ ।
जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्याय, न्यायाधीश गिरीराज गौतम, प्रजिअ मदन भुजेल र प्रहरी उपरीक्षक भोजजंग शाहले ब्याडमिन्टन खेलेर मैत्रीपुर्ण खेलको उदघाटन गरे ।
नेपाल सरकारको लैगिंक हिंसा विरुद्धको पञ्चबर्षिय रणनीतिक योजनालाई सहयोग पुर्याउन सञ्चालित परियोजनाले रणनीतिमा राखेको पुरुष र युवा तथा खेलसँगको सहकार्यको नीतिलाई अबलम्बन गर्दै खेलको आयोजना गरेको आयोजकले जनाएका छन ।
खेलमा जिल्लाका सरकारी निकायका प्रमुखसहित किशोर किशोरी (खेलाडी) पनि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभुति गर्ने
-
महाधिवेशनका लागि एकीकृत समाजवादीले उठाउन थाल्यो पैसा
-
पोर्चुगलमा पूर्वमन्त्री दलजीत श्रीपालीकी छोरीको निधन
-
जसले कतारबाट काठमाडौँमा २५ ग्राम सुन ल्याइदिए उनैको अपहरण
-
सर्वोच्चको आदेशप्रति प्रेस सेन्टरको ध्यानाकर्षण
-
काठमाडौँ महानगरको ‘सिप मेला’ : फेसन डिजाइनिङदेखि ज्योतिषको प्रशिक्षणसम्म