'प्रेमगीत ३’ को रिलिज फेरि स्थगित
फिल्म ‘प्रेमगीत ३’ को रिलिज मिति फेरि स्थागित भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासको कारण फिल्म ‘प्रेमगीत ३’ को रिलिज स्थगित गरिएको हो । निर्माता समेत रहेका निर्देशक सन्तोष सेनले सामाजिक संजाल मार्फत फिल्मको रिलिज स्थगित भएको जनाएका छन् ।
‘चलचित्र प्रेमी, दर्शक, पत्रकार साथीहरु, चलचित्र संघमा यो खबर गर्दा दुःख महसुस गरेका छौ’ सेनले अगाडि लेखेका छन् ‘१३ फागुन प्रदर्शन मिति तोकेर प्रचार प्रसारका साथ फिल्म दर्शकका लागि पस्कने तयारीमा थियौ । भारतमा फिल्म हल बन्द हुने क्रम बढेकाले त्यहाँका वितरक समुहको सुझावलाई मनन गर्दै रिलिज स्थगित गरिएको छ ।’ नेपाल र भारतको अलवा अन्य देशमा पनि एकै मितिमा फिल्म प्रदर्शन गर्न अहिले अनिश्चित कालका स्थगित गरिएको सेनको भनाई रहेको छ ।
फिल्म १३ फागुन रिलिज गर्ने तयारी थियो । दुई वर्ष अघि पनि फिल्म कोरोनाको कारण स्थगित भएको थियो । प्रदीप खड्का, क्रिस्टिना गुरु, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवा लगायतका कलाकारको फिल्ममा मुख्य भुमिका रहेको छ । फिल्मलाई स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशक गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण