माघदेखि प्रत्येक सोमबार ‘कमेडी क्लब विथ च्याम्पियन्स’
आगामी माघदेखि नेपाल टेलिभिजनमा प्रत्येक सोमबार राति ८ः ५० बजेबाट ‘कमेडी क्लब विथ च्याम्पियन्स’ प्रसारण हुने भएको छ । ‘कि इन्टरटेन्मेन्ट’ र ‘थ्री प्रोडक्सन’द्वारा ‘कि एड्भर्टाइजिङ सर्भिस प्रालि’का लागि माघदेखि नेपालकै सबैभन्दा ठूलो कमेडी शो नियमित उत्पादन गरी नेपाल टेलिभिजनमा प्रसारण गर्ने जनाइएको हो ।
यस सम्बन्धमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार उक्त शो युट्युबमा ‘थ्री प्रोडक्सन’ बाट प्रसारण हुने जनाइएको छ ।

उक्त कार्यक्रमको मार्केटिङ कि एड्भर्टाइजिङ सर्भिस प्रालिले गर्दैछ । नेपाली कमेडी जगतलाई अझै शिखरमा पु¥याउन ‘कमेडी क्लब विथ च्याम्पियन्स’ मेगा–शोले मद्दत पुग्ने विश्वास लिइएको निर्माण पक्षको दाबी छ ।
‘कमेडी क्लब विथ च्याम्पियन्स’का मुख्य कलाकारका रुपमा पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, उमेश राई (फुलन्देकी आमा), सुमन कार्की र कैलाश कार्की रहने जनाइएको छ । त्यसैगरी कमेडी च्याम्पियन–१ र २ का सम्पूर्ण कलाकारको पनि विभिन्न भागमा उपस्थिति हुने जनाइएको छ ।
हाँसो र व्यङ्ग्य मार्फत परिवार, समाज र आम जनमानसमा मनोरञ्जन प्रदान गर्ने विश्वासका आधारमा शो निर्माण गर्न लागिएको पत्रकार सम्मेलनमा निर्माण पक्षले जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण