शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ओलीले एमालेका ७७ वटै जिल्ला अधिवेशनलाई केन्द्रीय कार्यालयबाट सम्बोधन गर्ने

बिहीबार, २२ पुस २०७८, १४ : १६
बिहीबार, २२ पुस २०७८

एमालेका अध्यक्ष केपी ओलीबाट पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । 

ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेको १० औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उद्घाटन हुन लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप