उदित नारायण झाको नयाँ गीत ‘स्वतन्त्र मन’
सोमबार, ०३ माघ २०७८, १२ : ०२
बलिउडका लोकप्रिय गायक उदित नारायण झाको स्वर रहेको नेपाली गीत ‘स्वतन्त्र मन’ सार्वजनिक भएको छ । डा. प्रकाश पौडेलको शब्द रहेको गीतमा राज सागरले संगीत दिएका छन् ।
गायक झाले लामो समयपछि नेपाली गीत गाएका हुन् । रोमान्टिक शैलीमा तयार ‘स्वतन्त्र मन’को म्युजिक भिडियो पनि बनेको छ । जसमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउतको अभिनय देख्न सकिन्छ । भिडियोमा आर्यन र वर्षा प्रेमी जोडीको रुपमा देखिएका छन् ।
राजन इशानको संगीत संयोजन रहेको गीतको भिडियो भने बिजेश र राजनले निर्देशन गरेका हुन् । भिडियोमा शिवराम श्रेष्ठको छायांकन र निर्देशक बिजेश पौडेलकै सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण