बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरको नयाँ भवन उद्घाटन

बुधबार, ०५ माघ २०७८, १५ : ०२
बुधबार, ०५ माघ २०७८

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रशासकीय भवन निर्माण आज उद्घाटन भएको छ ।

नवनिर्मित प्रशासकीय भवनको आज पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उद्घाटन गर्दै विकासको लागि  सबै तहका जनप्रतिनिधि एकजुट हुनुपर्ने बताए । उनले रुपन्देही जिल्ला विकासमा अगाडि बढ्दै गएको बताउँदै  सबै तहका र सबै पार्टीका जनप्रतिनिधि एकजुट भएर काम गर्नुपर्ने बताए । पौडेलले कोभिड महामारीका कारण भवनको उद्घाटन भर्चुअल विधिबाट गरेका हुन् । उनी आफै पनि कोभिड सङ्क्रमित भएपछि काठमाडौँ नै बसेर आराम गरिरहेका छन् । 

नगरप्रमुख शिवराज सुवेदीले महानगरीय अवधारणाका साथ बुटवलले नयाँ भवन निर्माण गरेको दाबी  गरेका छन् । पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको उनले बताए ।

करिब तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य छ वटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो ।

चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको थियो । निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले रु ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा २०७८ असारमा सक्ने गरी गत २०७७ असार ६ गते ठेक्का सम्झौता गरेका थिए  ।तर कोभिडका कारण समयमा निर्माण कार्य नसकिएको जनाइएको छ ।

भवनमा अन्डरग्राउण्ड मोटरसाइकल तथा कार पार्किङ, बाहिरी पार्किङ तथा दुई अलग–अलग स्थानमा लिफ्ट र दुईवटा सिँढीको प्रवन्ध रहेको छ भने मुल गेटलाई जितगढि किल्लाको झल्को दिने गरी निर्माण भएको नगरपालिका इन्जिनियर सुमन श्रेष्ठले बताए ।उद्घाटन समारोहमा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लीला गिरि पूर्व प्रदेशका मन्त्री भोज प्रसाद श्रेष्ठ,एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के सी नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे लगायत बोल्दै भौतिक संरचनासँगै जनताले पाउने सेवा सुविधामा पनि राम्रो बन्नुपर्नेमा जोड दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप