भिडियो गेम निर्माता कम्पनी किन्दै माइक्रोसफ्ट, विश्वकै तेस्रो ठूलो कम्पनी बन्ने
माइक्रोसफ्टले भिडियो गेम निर्माता कम्पनी ब्लिजर्डको स्वामित्व किन्ने भएको छ । माइक्रोसफ्टले गरेको घोषणा अनुसार अहिलेसम्मकै उच्च मूल्यमा भिडियो गेम निर्माता कम्पनी किनबेच हुन लागेको हो ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार माइक्रोसफ्टले ब्लिजर्डको स्वामित्व ६८.७ बिलियन अमेरिकी डलरमा खरिद गर्ने छ । यो पछिल्लो समयको सबैभन्दा ठूलो भिडियो गेम निर्माता कम्पनी खरिद बिक्री सम्बन्धी डिल हो । यो डिल सम्पन्न भएपछि माइक्रोसफ्ट भिडियो गेमबाट आम्दानी गर्ने विश्वको तेस्रो ठूलो कम्पनी बन्ने छ ।
माइक्रोसफ्टभन्दा अगाडी चिनियाँ टेक कम्पनी टेनसेट र जापानी प्रविधि कम्पनी सोनी मात्रै हुनेछन् । दुई कम्पनीबीचको डिलपछि ब्लिजर्डका अहिलेका प्रमुख कार्यकारी अधिकृत बबी कोटिकले नै कम्पनी सम्हाल्ने बताइएको छ ।
माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्या नाडेल्लले पछिल्लो समय भिडियो गेम खेल्नेको संख्या बढ्दै गएपछि यसतर्फ आफूहरुको ध्यान गएको बताएका छन् । विशेषगरी, लकडाउनको समयमा भिडियो गेम प्रयोगकर्ताको संख्या उल्लेखनीय रूपमा बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण