कागजमै सीमित 'स्मार्ट लकडाउन', स्वास्थ्य मापदण्ड उल्लंघन कायमै (तस्बिरहरू)
कोरोनाभाइरसको सङ्क्रमणले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । बुधबारमात्र ११ हजार ३५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यसमध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामा रहेका छन् । अहिले परीक्षण गरेका मध्ये आधाभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइरहेको मन्त्रालयको भनाइ छ ।
सङ्क्रमण उच्च दरमा बढिरहँदा मानिसको जनजीवाका प्रभावित नहोस् भनेर सरकारले बन्दाबन्दीजस्तो कडा उपाय अवलम्बन गरेको छैन । यसको साटो सरकारले स्वास्थ्य मापदण्डका नियमहरूमा कडाइ गर्दै स्मार्ट लकडाउन लागू गरेको छ । सङ्क्रमणको बढ्दै गर्दा मानिसहरू पहिलेभन्दा सचेत देखिए पनि अझै स्वास्थ्य मापदण्डका बेवास्ता गर्नेहरू प्रशस्तै भेटिन्छन् ।

स्थानीय प्रशासनले यतिबेला सार्वजनिक स्थानमा भिडभाड नगर्न, मास्क र स्यानिटाइजरको प्रयोग गर्नका साथै सामाजिक दुरी अपनाउन नियमहरू लागू गरेको छ । तर अझै पनि मुखको साटो मास्क चिउँडोमा र हातमा बोक्ने परिपाटी अन्त्य भएको छैन । सरकारी कार्यालय, विमानस्थललगायत स्थानमा अझै भिडभाड उस्तै छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण