विज्ञानले बनाए हिन्दी गीत ‘तेरे दर्द मैँ’ को भिडियो
मङ्गलबार, ११ माघ २०७८, १४ : ३७
दर्जनौं नेपाली म्युजिक भिडियो निर्देशन गरिसकेका विज्ञान राई पछिल्लो समय हिन्दी गीतका भिडियो निर्देशनमा पनि सक्रिय छन् । ‘फास्लो पे’ तथा ‘प्यारका नसा’ बोलका दुई हिन्दी गीतमा यस अगाडि भिडियो बनाएका राईले फेरि नयाँ हिन्दी गीत ‘तेरे दर्द मैँ’ को भिडियो सार्वजनिक गरेका छन् ।
भारतीय कम्पनी ‘लुज मोसन ९९ इन्टरटेन्टमेन्ट’ ले निर्माण गरेको र पोखरामा छायांकन भएको यो भिडियो राईले नै निर्देशन गरेका हुन् । ए एम तुराजको शब्द तथा राजु सरदारको संगीत रहेको गीतमा अल्टमाश फरिदीको स्वर छ ।
भिडियोमा स्वस्ति कोथारी र सुशील कुमार ऐलानीको अभिनय देख्न सकिन्छ । संजय लामाको छायांकन रहेको भिडियो निर्देशक राई आफैले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण