दुर्गेश थापाको गीत फेरि विवादमा तानियो, प्रसारण रोक्न माग
आइतबार, १६ माघ २०७८, २१ : ३०

गायक दुर्गेश थापाको गीत फेरि विवादमा तानिएको छ । महिलालाई पैसासँग तुलना गरिएपछि गीतको आलोचना भएको हो । यसबारे वैज्ञानिक समाजवादी महिला सङ्गठनले गीत प्रसारण बन्द गर्न आग्रह गरेको छ । सङ्गठनले आज विज्ञप्ति जारी थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको हो ।
“कलाकारले प्रयोग गर्ने शब्द, वेषभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ, नेपाली समाजमा महिलामाथि हुने बलात्कारजन्य हिंसा, मानसिक र शारीरिक रूपमा हुने हिंसा वृद्धिमा सिनेमा, साहित्य र गीतमा महिलाको गरिमा र अस्तित्वलाई सस्तो र महिलाद्वेषी प्रस्तुत पनि एक कारण हो”, विज्ञप्तिमा भनिएको छ । थापाको गीत यसअघि पनि पटकपटक विवादमा तानिँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिमानको ‘फेक पत्र’ ले उब्जायो आशङ्का, त्रुटि रोक्न सर्वोच्चले के गर्ने ?
-
मलेसिया र दुबईबाट फर्केर गाईपालन, मासिक एक लाख आम्दानी
-
पोखरा–मुग्लिङ सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै
-
बिजुलीको पोलमा कार ठोक्किएपछि...
-
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
गण्डकीको बजेट : बाँड्न मरिहत्ते, कमाउने छैन चासो