सरस्वती पूजाका लागि माटोका मूर्ति बनाउन व्यस्त कलाकार (फोटोफिचर)
मधेस प्रदेश अर्थात मिथिलाञ्चलमा यसवर्ष माघ शुक्ल पञ्चमी अर्थात सरस्वती पूजा (वसन्त पञ्चमी) दुई दिन मनाइने भएको छ । प्रदेशमा शनिबार र आइतबार वसन्त पञ्चमी मनाउन लागिएको हो । सोही सिलसिलामा सरस्वती पूजालाई मध्यनजर गर्दै अहिले कुम्हाल समुदाय मूर्ति बनाउनमा निकै व्यस्त देखिन्छ । सो समुदायका सदस्यहरु मूर्ति बनाउनका लागि करिब दुई सातादेखि व्यस्त देखिन्छन् ।
जनकपुरधाम उपमहानगरका करिब १८ स्थानमा मूर्तिकारहरु दिनरात मूर्ति बनाउनमा व्यस्त छन् । जनकपुरधामको शुक्रबारी हटिया, विद्यापति चोक, क्याम्पस चोकलगायत विभिन्न क्षेत्रमा मूर्तिकारहरु काममा व्यस्त छन् ।
मूर्तिकार उत्तिमलाल पण्डितका अनुसार यसअघि उनले सरस्वती पूजाको समयमा करिब एक सयभन्दा बढी मूर्ति निर्माण गर्थे । तर अहिले करिब ५० वटा मूर्ति मात्र पनि बिक्री वितरणमा समस्या उत्पन्न भएको उनको भनाई छ ।
कोरोना समक्रमणअघि मूर्ति बनाएर मनग्य आयआर्जन भएपनि अहिले परिस्थिति बदलिएको उनको भनाई छ । पण्डितले विगतमा प्रतिमूर्ति अधिकतम ४० हजार रुपैयाँदेखि न्यूनतम पाँच हजार रुपैयाँसम्म लिने गरेको बताए ।
मिथिलाञ्चलमा मनाइने प्रायः चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग गरिन्छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
-
गणेश नेपालीलाई शहीद घोषणा गर्न मिराज ढुङ्गानाको माग
-
आँधीका कारण ताइवानमा हजारौँ विस्थापित
-
सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण