आँधीका कारण ताइवानमा हजारौँ विस्थापित
ताइपेइ । जापानबाट चीनतर्फ धकेलिएको आँधी बावीका कारण ताइवानमा १४ हजारभन्दा बढी मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन् भने धेरै पसल तथा व्यावसायहरु बन्द रहेको जनाइएको छ ।
बावीले आँधी ओकिनावामा हजारौँलाई प्रभावित बनाएको छ भने आइतबार बिहान चीनमा अवतरण गर्ने अपेक्षा गरिएको छ । बावीका कारण आएको तीव्र हावा र भारी वर्षाले सबैभन्दा बढी प्रभावित क्षेत्र ताइवानको बन्दरगाह सहर कीलुङमा सडकहरू सुनसान भएको जनाइएको छ ।
गत सोमबार गुआम र उत्तरी मारियानासमा प्रहार गरेपछि, बावीले प्रशान्त महासागर क्षेत्रमा अवतरण गरेको जनाइएको छ । ताइवानको केन्द्रीय मौसम विभागले (सीडब्लुए) बावीको अधिकतम निरन्तर हावाको गति १४४ किलोमिटर प्रति घन्टामा झरेको जनाइएको छ ।
सिडब्लुएले उत्तरी ताइवानमा भारी वर्षा र बावी टापुको उत्तरमा पुग्दा तटमा १० मिटर अग्ला “खतरनाक छालहरू“ को चेतावनी दिएको छ । आँधीका कारण २७ हजारभन्दा बढी घरहरु बिजुली विहीन भएको जनाइएको छ ।
आँधीको प्रभाव शनिबार दिउँसोको समयमा बढी हुने सिडब्लुएका पूर्वानुमानकर्ता जेसन चेङलााई उदृत गर्दै एएफपीले जनाएको छ ।
बावी शुक्रबार ताइवानमा ३० वर्षभन्दा बढी समय पछि आएको सबैभन्दा ठुलो टाइफुन भएकाे र त्यसबेला देखि यसको तीव्र हावाको दर ३५० किलोमिटरमा सङ्कुचित हुने चेङले बताएका छन् ।
केही ताइवानीहरूले सरकारको टाइफुन चेतावनीमा निराशा व्यक्त गरेका छन् भने जसले गर्दा अधिकांश व्यवसायहरू बन्द गर्न र मानिसहरूलाई घर भित्रै बस्न बाध्य बनाएको थियो ।
किलुङका एक जना व्यावसायी लीले आँधीका कारण व्यापार गुमाएकोमा निराश भएको बताएका छन् । टाइफुनले जापानको दुर्गम दक्षिणपश्चिमी टापुहरूमा प्रहार गर्दा मियाको क्षेत्र सबैभन्दा बढी प्रभावित भएपछि ओकिनावाका १८ हजार भन्दा बढी घरपरिवार र सुविधाहरूले बिजुली गुमाएको जनाएको छ ।
आँधीका कारण जापानी एयरलाइन्सहरूले दर्जनौँ उडानहरू रद्द गरेको जनाइएको छ भने यसका कारण २६ हजारभन्दा बढी यात्रुहरू प्रभावित भएका छन् । बावीले सबैभन्दा खराब अवस्था लिइरहेको जनाइएकाे छ ।
त्यस्तै, फिलिपिन्समा शुक्रबार दक्षिणी टापु मिन्डानाओमा भएको भारी वर्षाले गर्दा आएको दुई वटा पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सरकारी टेलिभिजन सीसीटिभीका अनुसार पूर्वी झेजियांग प्रान्त र उत्तरपूर्वी फुजियान प्रान्तमा भारी वर्षा हुने पूर्वानुमान गरिएको जनाइएको छ ।
झेजियांगको सियागुआन सहरमा, दश हजार भन्दा बढी मानिसहरूलाई “तीव्र हावा“ को जोखिमका कारण आफ्नो घरबाट सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको सीसीटिभीले जनाएको छ । लामो समय सम्म चलेको चरम मौसमले यस हप्ता दक्षिणी तथा मध्य चीनमा विनाश गरेको जनाइएको छ भने आँधीबेहरीले कम्तिमा ३९ जनाको ज्यान लिनुका साथै दर्जनौं नदीहरूमा बाडी आएको छ र जलाशयका बाँध फुटेको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण