समयमै निर्वाचन गराउन दवाव दिँदै ताप्लेजुङमा नमूना मतदान
बुधबार, १९ माघ २०७८, २० : ५५
सरकारलाई समयमै स्थानीय तहको निर्वाचन गराउन दवाव स्वरुप ताप्लेजुङमा एमाले सम्बद्ध भातृ संगठनले नमूना मतदान कार्यक्रम गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल महिला संघले ताप्लेजुङमा नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको अनेरास्ववियु पूर्व केन्द्रीय सदस्य हेमराज निरौलाले बताए ।
निरौलाकाअनुसार पाँच दलीय गठबन्धन सरकारले संविधानलाई अपव्याख्या गर्दै निर्वाचन पर धकेल्ने दुष्प्रयास गरेको भन्दै दवावस्वरुप उक्त कार्यक्रम गरिएको हो । ताप्लेजुङ सदरमुकाम फुङलिङमा गरिएको कार्यक्रममा नगरपालिकाका मेयरसहित करिब १ सय ५० जनाले नमूना मतदानमा सहभागिता जनाएका थिए । कार्यक्रम १ घण्टा सम्म आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण