आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

कटारीमा सोनाम ल्होछारको अवसरमा बुद्ध पार्क उद्घाटन

बुधबार, १९ माघ २०७८, २१ : ११
बुधबार, १९ माघ २०७८

उदयपुरको कटारी नगरपालिका–५ स्थित भोलेमा तामाङ समुदायले मनाउने महान् चाड २८५८ औं सोनाम ल्होछार (बाघ वर्ष)को अवसरमा कटारीमा बुद्ध पार्कको उद्घाटन गरिएको छ । 

कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्तिसँगैको पार्क उद्घाटन गरिएको हो । कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पार्कले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । नेपाली काँग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले स्थानीय सरकार संस्कृतिको जगेर्ना गर्न प्रतिबद्ध रहनुका साथै बुद्धको नगर भनेर चिनाउने बताए ।

राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो । मदन भण्डारी लोकमार्गसँगै निर्माण गरिएको पार्कले यस क्षेत्रको सौन्दर्यसमेत बढाएको स्थानीयले बताए ।

यसैबीच कटारीमा पनि सोनाम ल्होछार मनाइएको छ । नेपाल तामाङ घेदुङ्ग संघ कटारीले तामाङ समुदायको धार्मिक, एवं सांस्कृतिक महान् पर्व ल्होछारको शुभकामना आदान प्रदान गर्दै मनाएको हो । कटारी नगरपालिका(३ को राजावासस्थित श्री साङ्गे छोयलिङ्ग बौद्ध गुम्बा परिसरमा तामाङ समुदाय भेला भई यो समुदायले ल्होछार पर्व मनाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप