पार्टी हितविपरीत काम गर्ने माओवादी नेतालाई ‘रातो कार्ड’
नेकपा (माओवादी केन्द्र) दमकले पहिलोपटक संगठनमा मूल्याङ्कन पद्धतिको सुरुवात गरेको छ । केही दिनअघि एक वर्षे कार्ययोजना पारित गर्दै संगठन सुदृढीकरणमा लागेको माओवादीले मूल्याङ्कन पद्धतिको सुरुवात गरेको छ । पार्टी हितविपरीत काम गरेको भन्दै पार्टीका नेता नरहरि दाहाललाई ‘रातो कार्ड’ दिने निर्णय गरेको हो ।
पार्टीको दमक नगर पूर्वअध्यक्ष तथा तत्कालीन कोचिला राज्य समिति सदस्यसमेत भइसकेका दाहाललाई बिहीबार बसेको पार्टी नगर सचिवालय बैठकले ‘रातो कार्ड’दिएको अध्यक्ष रवि बस्नेतले जानकारी दिए । दमक–३ स्थित हंसेदुम्से सामुदायिक वनको चुनावमा पार्टीले गरेको गठबन्धनविरुद्ध कोषाध्यक्ष पदमा उम्मेदवारी दिएपछि दाहाललाई वार्षिक कार्ययोजना मूल्याङ्कनको आधारमा ‘रातो कार्ड’ दिएको अध्यक्ष बस्नेतले बताए । यो माओवादी केन्द्र दमकको नयाँ अभ्यास हो । विगतमा मूल्याङ्कन पद्धति नहुँदा पार्टीमा अराजकता र निराशा बढेको अध्यक्ष बस्नेतको बुझाइ छ ।
उनलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत भएको उनले बताए । ‘उहाँले पार्टीको उम्मेदवारलाई असहयोग गर्नुभयो । उहाँको पार्टी सदस्य किन खारेज नगर्ने भनेर स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ अध्यक्ष बस्नेतले भने । माओवादी केन्द्र दमकले प्रत्येक महिना र वार्षिक रूपमा वडाहरूको कामको मूल्याङ्कन गरी पुरस्कृत गर्ने कार्ययोजना पास गरेको छ । पार्टी कमिटीमा आबद्धलाई कार्यप्रगतिका मूल्याङ्कनसँग सम्बन्धित भएर हरियो, पहेँलो र रातो कार्डको व्यवस्था गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण