आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

नहरमा डुबेर बालकको मृत्यु

बिहीबार, २० माघ २०७८, २० : २८
बिहीबार, २० माघ २०७८

उदयपुरको त्रियुगा नगरपालिका(७ स्थित नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका–७ स्थित बस्दै आएका मधुसूदन अधिकारीका छोरा लेखनाथ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । 

दिउँसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुबेर अचेत अवस्थामा आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप