प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै
विगत केही दिनदेखि प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको छ । सङ्क्रमणमुक्त दर भने बढेको पाइएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २६८ जनामा कोरोना सङ्क्रमण भएको छ ।
सोही अवधिमा १९९ महिलासहित ४२६ कोरोना सङ्क्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पिसिआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा दुई÷दुई, ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम र खोटाङमा एक÷एक र प्रदेश बाहिरका १४ जनामा सङ्क्रमण देखिएको हो ।
स्थानीय पालिकाअनुसार मोरङको विराटनगरमा सबैभन्दा २७ र सुनसरीको इटहरीमा ११ सहित प्रदेशमा ३७ वटा पालिकामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आज एक महिलासहित दुईको मृत्यु भएको र चार हजार ७०५ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण