पाथीभरा हिमपात, तीर्थ यात्रीहरू प्रभावित
ताप्लेजुङमा चौथो पटक ठूलो हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो ।
हिमपातले बाटो पुरिएपछि तीर्थ यात्रीहरूलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । ‘आज बिहान ३० जना तीर्थ यात्रीहरू पाथीभरा मन्दिर क्षेत्र प्रवेश गरेका छन् । हिमपात निरन्तर छ । हिउँले बाटो पुरै छोपिएको छ । बाटो अनुमान गर्दै जानुपर्ने अवस्था छ’ उनले भने ।
पाथीभरामा जानुभन्दा पनि फर्किन समस्या हुने गरेको महतले बताए । मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्दछ ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुने गरेको उनको भनाइ छ । पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात भएको हो ।
यता समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका(७ याङमा तीन हजार ४०० सय मिटर उचाई क्षेत्रका बस्तीहरूमा बिहीबारदेखि हिमपात हुन थालेको छ । हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएको घुन्साका स्थानीय केल्साङ शेर्पाले जानकानरी दिए ।
हिमपातले जनजीवन प्रभावित हुनका साथै पशु चौपायासमेत प्रभावित हुने गरेको घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले जानकारी दिए । समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुङगोला र फले, ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपात भएको छ । मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङ बस्तीहरूमा समेत हिमपात भएको मिक्वाखोला गाउँपालिका-६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए ।
हिमपात भएसँगै यता सदरमुकाम फुङलिङ बजारमा चिसो बढेको छ । अत्यधिक जाडोले जनजीवन प्रभावित भएको छ । ताप्लेजुङमा यो वर्ष पहिलो पटक १३ र १४ पुसमा हिमपात भएको थियो । दोस्रो २९ पुसमा हिमपात भएको थियो । तेस्रो ७ माघमा हिमपात थियो भने अहिले चौथो पटक ताप्लेजुङमा ठूलो हिमपात भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण