यी ५ साउथ फिल्म जसको उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन् दर्शक
पछिल्लो समय भारतमा साउथ (दक्षिण भारतीय) फिल्मले राज गर्न सफल छ । साउथका एक्सन र युनिक कहानी हिन्दी फिल्मका दर्शकले समेत रुचाउन थालेका छन् । जसका कारण साउथका स्टारको समेत पूरै देशमा पहिचान हुन थालेको छ । अल्लु अर्जुनको ‘पुष्पा’ पछि दर्शकलाई साउथका केही फिल्मको प्रतिक्षा रहेको छ । ति ५ फिल्म यस्ता रहेका छन् ।
आरआरआर
निर्देशक राजामौलीको बहुप्रतिक्षित फिल्म आरआरआर एक ठुलो बजेटको फिल्म हो । फिल्ममा जुनियर एनटीआर, रामचरणको अलवा अजय देवगन, अभिया भट्टको समेत अभिनय रहेको छ । एक्सनले भरपुर फिल्म २०२२ को जनवरी ७ मा रिलिज हुने तयारीमा थियो । तर कोरोनाको कारणले फिल्मको रिलिज स्थगित भयो । अव फिल्म २५ मार्चमा रिलिज हुनेछ ।
केजीएफ च्याप्टर २
साउथकी फिल्म केजीएफलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको थियो । त्यसपछि दर्शकलाई ‘केजीएफ च्याप्टर २’ को प्रतिक्षा रहेको छ । फिल्ममा अभिनेतान यश, संजय दत्तकाको एक्सन समेत समेटिएको छ । अभिनेत्री रविना टन्डन फिल्ममा राजनीतिक नेताको भुमिकामा रहेका छन् । फिल्म १४ अप्रिल २०२२ मा रिलिज हुनेछ ।
राधे श्याम
प्रभास अभिनित फिल्म राधेश्याम १४ जनवरी २०२२ मा रिलिज हुने तयारीमा थियो । कोरोनाले गर्दा फिल्मको रिलिज सरेको छ । फिल्ममा प्रभासको अलवा पूजा हेगडे, भाग्यश्रीको समेत अभिनय रहेको छ । फिल्म ११ मार्चमा रिलिज हँुदैन ।
वलीमई
अजीत कुमारको एक्सन थ्रिलर फिल्म ‘वलिमई’ दर्शकलाई मनोरञ्जन दिन तयार रहेको छ । फिल्मलाई बोनी कपुले बनाएका हुन् भने निर्देशन विनोद नेले गरेका हुन् । फिल्म २५ पेब्रुअरीमा रिलिज हुनेछ ।
कारु वारी पाटा
साउथ सुपरस्टार महेश बाबुको फिल्म ‘सरकारु वारी पाटा’ एक्सन थ्रिलर फिल्म हो । परशुरामले निर्देशन गरेको फिल्ममा १२ मे रिलिज बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन