हिमपातका कारण ताप्लेजुङको जनजीवन कष्टकर
ताप्लेजुङमा पछिल्लो केही दिनयता दिनहुँजसो हिमपात भइरहेको छ । माघ महिनाको दोस्रो सातायता प्रायः धुम्मिदो मौसमका कारण जिल्लाको उच्च भेगमा निरन्तर हिमपात हुँदै आएको छ।
निरन्तरको हिमपातले उच्च क्षेत्रको जनजीवन भने कष्टकर बन्दै गएको छ । हिमपात र मौसम नखुल्दा बालबालिका तथा वृद्धवृद्धा प्रभावित भइरहेको स्थानीयको दुखेसो छ । शुक्रबार बिहानैदेखि पनि उच्च भेगमा बाक्लो हिमपात भइरहेको छ । यहाँका हिमाली बस्तीहरु फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोला, याङ्मा, फक्ताङ्लुङकै वडा नंम्वर ६ लेलेपको घुन्सा, फले, ग्याब्लालगायतमा क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन् । घुन्साका कासाङ शेर्पाले लामो समयदेखि हिमपात जारी रहँदा जनजीवन कष्टकर बनेको बताएका छन् ।
गत पुस अन्तिम साता घुन्सालगायत हिमाली बस्ती तथा उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको र त्यसबेला परेको हिउँ नै अहिलेसम्म पग्लिन नपाएको शेर्पाले बताए । उनले भने, ‘लामो समयदेखि मौसम नखुलेको र हिउँ पर्ने क्रम जारी रहेकाले पुसकै हिउँ अहिलेसम्म जमिरहेको छ । त्यसमाथि दिनहुँजसो हिउँ थपिँदा घुन्सासहित फले, याङ्मा ओलाङ्चुङगोला, तोक्पेगोला, पाथीभरा फेदीबजार लगायतका बस्तीको जनजीवन कष्टकर बनिरहेको छ ।’
तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि बाक्लो हिउँ परेको फेदी बजारका राजेन्द्र महतले जानकारी दिए । महतका अनुसार पाथीभरा धाम, फेदीबजार र तल्लो फेदी काफ्लेपाटी क्षेत्रसम्म हिमपात भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण